भारतको बैंकिङ प्रणालीमा उच्च तरलता, आरबीआईद्वारा ६० खर्ब भारु प्रशोचन
clickmandu.com · Tue Sep 08 12:34:23 GMT 2026

एजेन्सी । भारतको केन्द्रीय बैंक (आरबीआई) ले बैंकिङ तरलता रेकर्ड स्तरमा पुगेको एक दिनपछि सोमबार नगद खिच्ने प्रक्रियामार्फत ६० खर्ब भारुभन्दा बढी रकम प्रशोचन गरेको छ । बैंकहरूले ३० दिने बोलकबोलमार्फत २५.९ खर्ब भारु जम्मा गरेलगत्तै आरबीआईले ओभरनाइट बोलकबोलमा ३५.३ खर्ब भारु बराबरको प्रस्तावहरू प्राप्त गर्यो ।
पाँचजना व्यापारीहरूका अनुसार, आरबीआईले ३० दिने प्रक्रियामार्फत ७० खर्ब भारु खिच्ने लक्ष्य राखेको थियो । तर, प्राविधिक गडबडीका कारण यसमा न्यून सहभागिता देखिएको थियो ।
Read full story at source (clickmandu.com)