रसुवा बाढी : प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
onlinekhabar.com · Tue Sep 08 12:31:11 GMT 2026

२३ भदौ, काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मङ्गलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा रु ११ अर्ब ७७ करोड ६७ लाख ५० हजार २६१ जम्मा भएको हो।
अहिले नौ वटा वाणिज्य बैङ्कमा आठ अर्ब ५९ करोड १९ लाख चार हजार २२३ मौज्दात छ। राहत कोषमा जम्मा भएको रकमबाट यसअघि एक अर्ब रसुवाका बाढीपीडितका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा निकासा भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
Read full story at source (onlinekhabar.com)