मध्यअफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली
nepalnews.com · Tue Sep 08 12:58:41 GMT 2026

काठमाडौं । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि मध्यअफ्रिकी गणतन्त्रमा संयुक्त राष्ट्रसंघको बहुआयामिक एकीकृत स्थिरीकरण मिसन (मिनुस्का) मा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली गरिएको छ।
त्यसका लागि सैनिक प्रहरी युनिटको ११औं ‘डफ्फा’ लाई बदली गर्न सोही युनिटको १२औं डफ्फाका ७१ जना शान्ति सैनिकहरू आज प्रमुख सेनानी रवीन श्रेष्ठको नेतृत्वमा मिसन इलाकातर्फ प्रस्थान गरेका छन्। उक्त मिसनमा कार्यकाल सम्पन्न गरी प्रमुख सेनानी सुमन थापाको नेतृत्वमा ७५ जना नेपाली शान्ति सैनिकहरू आजै स्वदेश फिर्ता भएका छन्।
Read full story at source (nepalnews.com)