ओलीको दावी:
saralpatrika.com · Mon Jun 28 05:27:00 GMT 2021
काठमाडौं । आज एमालेका पूर्व महासचिव मदन भण्डारीको ७० औं जन्मजयन्ती परेको छ । तत्कालिन समयका उदीयमान नेता भण्डारीको लोकप्रियता पनि ह्वात्तै बढिरहेको थियो । सुसंस्कृत व्यवहार र दीर्घकालिन सोचका साथ जोखिम उठाउन नहिच्किचाएका भण्डारीको आकस्मिक र रहस्यमय मृत्यु भयो । चितवनको दासढुंगामा मोटर दुर्घटनामा उनी र अर्का नेता जीवराज आश्रितको मृत्यु भएको थियो । आजसम्म रहस्यकै बिषय बनिरहेको त्यो दुर्घटनाले नेपालको राजनीतिमा हलचल नै ल्यायो र भर्खरै स्थापना भएको बहुदलीय व्यवस्थाको जगलाई जरा हाल्नमा वाधा पुर्यायो । त्यसपछिका राजनीतिक घटनाहरु नै वर्तमान राजनीतिक अस्थिरताका कारण मानिन्छन् । नेता भण्डारीको मृत्यु एउटा दुखद घटना थियो । उनलाई जनताका आँखामा खरो उत्रिन नियतिले अवसर दिएन ।
यही सन्दर्भमा तत्कालिन सत्तारुढ दल र हालको प्रतिपक्ष नेपाली कांग्रेसले एउटा दस्तावेजमा दासढुंगा दुर्घटनाबारे विश्लेषणात्मक टिप्पणी प्रकाशित गरेको थियो । २०५२ सालमै प्रकाशित पुस्तिकाको एउटा सन्दर्भमा गरिएको त्यो टिप्पणी आजको दिन सान्दर्भिक हुने भएकाले जस्ताकोतस्तै यहाँ प्रकाशित गरिएको छ । नेपाली कांग्रेसका नेताहरु ढुण्डिराज शास्त्री, चिरञ्जिवी वाग्ले, लक्ष्मणप्रसाद घिमिरे, नरहरी आचार्य र साहित्यकार डाक्टर तुलसी भट्टराई रहेको सम्पादक मण्डलले सो पुस्तिका सम्पादन गरेको थियो ।
Read full story at source (saralpatrika.com)