एनभिएल पुरुष भलिबल : मधेसको पहिलो जित
nepalnews.com · Tue Sep 08 13:17:06 GMT 2026
काठमाडौं । राजधानीमा जारी नेपाल भलिबल लिग (एनभिएल) मा मधेस वारियर्सले खप्तड फाल्कन्सलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्ड हलमा आज सम्पन्न पहिलो खेलमा मधेसले खप्तड फाल्कन्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो।
मधेसले खप्तडमाथि पहिलो सेट २५–२१, दोस्रो सेट २५–२० तथा तेस्रो तथा अन्तिम सेट २५–२३ ले आफनो पक्षमा पार्यो। यो जितसँगै चार खेल खेलेको मधेसले चार अंक जोडेको छ। उक्त प्रतियोगिताअन्तर्गत आजै हुने दोस्रो खेलमा सगरमाथाले काठमाडौंसँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेल आज साँझ ७ः०० बजेदेखि सुरु हुनेछ।
Read full story at source (nepalnews.com)