हराएका मान्छे, बाँकी आशा
nepalnews.com · Fri Aug 28 10:58:47 GMT 2026

काठमाडौं । “सायद उहाँहरु रसुवागढी नाकाबाट अध्यागमन पार गरेर चीनतर्फ जाने तयारी हुनुहुन्थ्यो। नाका पार गरेर चीनतर्फ पुग्नु भयो या भएन अहिलेसम्म केही थाहा छैन। यही भदौ ९ गते बुधबार गते बिहान ८ः१५ बजेयता कुनै सम्पर्क हुन सकेको छैन।”
आफ्ना ससुरा शशीभूषण यादव र सासु रीता रानीसहित १७ जनालाई आफैले भदौ ८ गते मङ्गलबार साँझ तीर्थयात्राका लागि काठमाडौंको सोह्रखुट्टेबाट बस चढाएका इञ्जिनियर प्रदीप यादवले चिन्तित मुद्रामा भने, “धेरैतिर सोधखोज गरिसकियो, कुनै जानकारी आएको छैन। घरपरिवारमा अन्योल र त्रास उत्पन्न भएको छ। भगवानसँग प्रार्थना गरिरहेका छौं कि उहाँहरु सकुशल फर्कनु हुनेछ।”
Read full story at source (nepalnews.com)