भोटेकोशी बाढीमा मृतकको संख्या ५३८ पुग्यो, ९७७ सम्पर्कविहीन
saralpatrika.com · Fri Aug 28 10:58:58 GMT 2026

काठमाडौँ। रसुवाको भोटेकोशी बाढीबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म ५३८ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणले शुक्रबार अपराह्न ३ बजेसम्म सार्वजनिक गरेको खोज, उद्धार तथा राहतसम्बन्धी विवरणअनुसार फेला परेका शवमध्ये रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, गोरखामा ४६, नवलपरासी ९पूर्व० मा १३४, नवलपरासी ९पश्चिम० मा २७, तनहुँमा २८ र चितवनमा १२१ रहेका छन्। गोरखामा फेला परेका मृतकको विवरणमा विभिन्न मानव अङ्गसमेत समावेश गरिएको प्राधिकरण्ले जनाएको छ।
Read full story at source (saralpatrika.com)