पूरकको नतिजाले उचाल्यो उत्तीर्ण दर
barnanmedia.com · Wed Jul 08 00:06:51 GMT 2026

पछिल्लो समय विद्यालय तहका विद्यार्थीको उत्तीर्ण दर बढ्दै गएको छ । यसको ज्वलन्त उदाहरण माध्यमिक शिक्षा परीक्षा (एसइई) र कक्षा १२ को नतिजा बनेको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ८५.३७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको नियमित र ग्रेडवृद्धि परीक्षाको नतिजा जोड्दा उत्तीर्ण प्रतिशत उच्च देखिएको हो । बोर्डको नतिजा अनुसार यस पटक करिब १५ प्रतिशत विद्यार्थी मात्रै कक्षा ११ मा भर्ना हुनबाट रोकिएका छन् । जुन विगतका वर्षको तुलनामा न्यून हो । बोर्डले ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा मङ्गलबार सार्वजनिक गरेको हो । जस अनुसार ६४.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । ग्रेडवृद्धि परीक्षामा एक लाख २९ हजार ११४ जना विद्यार्थी सहभागी भएका थिए । तीमध्ये ८३ हजार ५२३ जना उत्तीर्ण भएका छन् ।
Read full story at source (barnanmedia.com)