बाढीपीडितका लागि आरके शर्माको २५ लाख सहयोग
annapurnapost.com · Fri Aug 28 10:54:31 GMT 2026

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष राजेन्द्र कुमार (आरके) शर्माले बाढीपीडितको राहत तथा उद्धारका लागि २५ लाख रुपैयाँ सहयोग गरेका छन्। शर्माले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका हुन्।
भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले विपद्मा परेकाहरूलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको बताएका छन्। पिजन इन्जिनियरिङ ग्रुपका अध्यक्षसमेत रहेका शर्माले आफू विदेशमा रहे पनि मातृभूमिमा परेको संकटमा सहयोग गर्नु आफ्नो जिम्मेवारी भएको उल्लेख गरे।
Read full story at source (annapurnapost.com)