जेनजी आन्दोलनमा भागेका ३ हजार ६०५ कैदी अझै फरार
kendrabindu.com · Tue Sep 08 13:50:18 GMT 2026

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका कारागारबाट फरार भएका ३ हजार ६०५ कैदीबन्दी अझै सम्पर्कविहीन रहेका छन् । फरार हुनेमा गम्भीर तथा जघन्य अपराधमा सजाय भोगिरहेका कैदीसमेत रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ ।
गत वर्ष २४ भदौमा भएको आन्दोलनका क्रममा सुरक्षाकर्मीले कारागारको अवस्था नियन्त्रणमा लिन नसकेपछि ठूलो संख्यामा कैदीबन्दी भागेका थिए । विभागका अनुसार त्यतिबेला १३ हजार ५८५ कैदीबन्दी फरार भएका थिए, जसमध्ये ९ हजार ९७५ जना कारागार फर्किसकेका छन् । फरार भएकामध्ये पाँचजनाको मृत्यु भएको विवरण विभागसँग छ ।
Read full story at source (kendrabindu.com)