जग्गाधनी पूर्जा बनाइदिने भन्दै ६० हजार घुस लिने अमिन अख्तियारको फन्दामा
ratopati.com · Tue Jun 16 14:48:00 GMT 2026

काठमाडौँ । नापी कार्यालय चाबहिलको २ नम्बर नापी टोलीमा कार्यरत अमिन टोपजङ खत्रीलाई ६० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।
अख्तियारका प्रवक्ता सुरेश न्याैपानेका अनुसार खत्रीले जग्गा हालसाविक गरी जग्गाधनी पूर्जा बनाइदिन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए। यसबारे परेको सूचना तथा उजुरीका आधारमा आयोगको टोलीले विशेष निगरानी गरेको थियो।
Read full story at source (ratopati.com)