इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब
nepallive.com · Tue Sep 08 14:10:46 GMT 2026

काठमाडौं– इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा केयरगिभरको काम गर्नका लागि एक हजार ४६४ नेपालीका लागि रोजगारी खुलेको छ । वैदेशिक रोजगार विभागले मंगलबार एक सूचना प्रकाशित गरी एक हजार १३२ महिला र ३३२ पुरुषका लागि आवेदन खुलाएको हो ।
आगामी २६ भदौसम्ममा आवेदन पेस गरिसक्नुपर्ने छोटो समयावधिसमेत तोकिएको छ । आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने प्रावधान छ। यसरी छनाेटमा परेका नेपाली कामदारको सूचना विभागले प्राप्त गरेपछि इजरायल पठाउने सबै प्रक्रिया विभागबाटै हुने गर्छ ।
Read full story at source (nepallive.com)