कांग्रेसले गर्यो महाधिवेशन कार्यतालिका हेरफेर, जिल्ला र प्रदेश अधिवेशन महाधिवेशनपछि गर्ने
reportersnepal.com · Tue Sep 08 11:15:42 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका संशोधन गरेको छ । आज बसेको निर्वाचन समितिको बैठकले कार्यतालिका परिमार्जन गर्दै एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्ला र सातै प्रदेशको अधिवेशन केन्द्रीय महाधिवेशनपछि गर्ने निर्णय गरेको छ।
परिमार्जित कार्यतालिका अनुसार वडा अधिवेशन असोज ३ गतेबाट सुरु गरेर केन्द्रीय महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने पूर्व निर्धारित मिति यथावत् राखिएको छ । यसअघि भदौ २४ मा वडा अधिवेशन गर्ने कार्यतालिका थियो ।
Read full story at source (reportersnepal.com)