सरकारी विज्ञापन रोक्ने सरकारको निर्णयविरुद्धको मुद्दामा सर्वोच्चले असार ३० मा फैसला सुनाउने
kendrabindu.com · Wed Jul 08 00:53:16 GMT 2026
काठमाडौं । सरकारी विज्ञापन नीजि मिडियालाई निषेध गरिएविरुद्धको मुद्दामा सर्वाेच्च अदालतले असार ३० गते फैसला सुनाउने भएको छ । न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा दुई दिन लामो बहस सकिएपछि असार ३० मा फैसला सुनाउने आदेश भएको हो ।
नेपाल मिडिया सोसाइटीका तर्फबाट वरिष्ठ अधिवक्ताहरु शतिसकृष्ण खरेल, रमेश बडाल, ललितबहादुर बस्नेत, दिनेश त्रिपाठी र अधिवक्ताहरु अनन्तराज लुईंटेल, विकास भट्टराई, किर्तिनाथ शर्मा पौडेल, विशाल थापा, दुर्वाशा लुईंटेल र रामप्रसाद पुडासैनीले बहस गरेका थिए भने महान्यायाधिवक्ता नारायणदत्त कंडेल र नायव महान्यायाधीवक्ता उद्धव प्रसाद पुडासैनीले बहस गरेका थिए ।
Read full story at source (kendrabindu.com)