विश्वकप फुटबल : इजिप्ट विरद्ध पुनरागमन जित सहित अर्जेन्टिना क्वाटर फाइनमा प्रवेश
arthasansar.com
एन्जो फर्नान्डेजले दोस्रो हाफको इन्जुरी टाइममा निर्णायक गोल गरेपछि इजिप्ट विरुद्ध शानदार पुनरागमन जित निकाल्दै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले दुई गोलले पछि परेको स्थिति उल्टाउँदै इजिप्टलाई ३–२ ले पराजित गरेको हो ।
नाटकिय खेलमा ७९ मिनेटसम्म २–० ले पछि परेको अर्जेन्टिनाले अन्तिम ११ मिनेटमा तीन गोल फर्काएको हो । खेलको ७९ मिनेटमा कप्तान लियोनल मेसीको पासमा क्रिस्टियन रोमेरो हेडर गोल गरे । त्यसको ५ मिनेपछि मेसीले गोल गर्दै अर्जेन्टिनालाई बराबरीमा फर्काए । दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनालाई ३–२ को जित दिलाए ।
Read full story at source (arthasansar.com)