भोटेकोशी बाढी: ८ देशका १२१ विदेशी पर्यटकको उद्धार
kalakarmi.com · Fri Aug 28 10:52:13 GMT 2026

काठमाडौं- भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा रहेका १२१ जना विदेशी यात्रुको उद्धार गरिएको छ ।
नेपाल पर्यटन बोर्डका अनुसार शुक्रवार दिउँसो ३ः३० बजेसम्म उद्धार गरिएका विदेशीमध्ये सबैभन्दा धेरै भारतका ८५ जना छन् । त्यस्तै चीनका १६, दक्षिण कोरियाका ९, अमेरिकाका २, रुसका २, इटालीका २, बुल्गेरियाका १ र स्वीट्जरल्यान्डका १ जना रहेका छन् । उद्धार गरिएका ३ जनाको राष्ट्रियता भने पुष्टि हुन बाँकी छ ।
Read full story at source (kalakarmi.com)