‘स्ट्रेट अफ होर्मुज’ नजिक दुई ट्याङ्करमाथि आक्रमण, कतारको निन्दा
nepalviews.com · Wed Jul 08 01:09:15 GMT 2026

एजेन्सी । इरानको अर्धसरकारी समाचार संस्था फर्सका अनुसार इस्लामिक रिभोलुसन गार्ड कर्प्स (आइआरजीसी) को नौसेनाले सोमबार राति ‘स्ट्रेट अफ होर्मुज’ पार गर्ने प्रयास गरिरहेका दुई ट्याङ्करमाथि आक्रमण गरेको छ। अमेरिका–समर्थित ओमानी मार्ग प्रयोग गर्दै उक्त जलडमरु पार गर्न खोजेका ती ट्याङ्करले इरानी नौसेनाको चेतावनी बेवास्ता गरेपछि कारबाही गरिएको बताइएको छ।
विभिन्न सञ्चारमाध्यमहरूका अनुसार यस घटनामा कतारको तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) बोकेको 'अल–रेकाय्यात' नामक ट्याङ्कर र साउदी अरबको झण्डावाहक कच्चा तेल बोकेको अर्को ट्याङ्करमा गम्भीर क्षति पुगेको छ। आक्रमणमा परेपछि कतारी जहाज 'अल–रेकाय्यात' ले तत्काल सङ्कट सङ्केत (डिस्ट्रेस सिग्नल) पठाएको थियो।
Read full story at source (nepalviews.com)