हामी राज गर्न होइन, नागरिकको सेवा गर्न आएका हौँ : गृहमन्त्री गुरुङ
nepalviews.com · Tue Sep 08 14:44:15 GMT 2026

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकार सत्तामा राज गर्न नभई जनताको सेवा गर्न आएको बताएका छन् । मंगलबार साँझ पुरानो संसद् भवन परिसरमा जेन जी शहीदहरूको स्मृतिमा आयोजित दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवा पुस्ताले सुरु गरेको सुशासन र परिवर्तनको यात्रा कुनै पनि षड्यन्त्रबाट नरोकिने दाबी गरेका हुन् ।
गृह मन्त्रालय र नेपाल सरकारको तर्फबाट आन्दोलनका शहीद, घाइते तथा सम्पूर्ण जेनजी योद्धाहरूलाई सलाम गर्दै गृहमन्त्री गुरुङले आफूहरू अधिकार माग्ने अवस्थाबाट अहिले अधिकार दिने ठाउँमा आइपुगेको बताए ।
Read full story at source (nepalviews.com)