१४ वर्षसम्म पनि अधुरै भयो कमला पुल निर्माण
clickmandu.com · Wed Jul 08 01:18:37 GMT 2026

सिरहा । हुलाकी राजमार्गअन्तर्गत कमला नदीमा निर्माणाधीन पुल १४ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । हरेक वर्खामा आउने बाढीका कारण सिरहा र धनुषाका हजारौँ नागरिक आवतजावतमा सास्ती भोग्न बाध्य छन् । नदीको बीचमा अधुरा पिलर र खिया लागेका फलामे डन्डी अहिले पनि पुल निर्माण अलपत्र परेको अवस्थाको प्रतीक बनेका छन् ।
विसं २०६८ मा पुल निर्माण सुरु हुँदा स्थानीयवासीले वर्खायाममा सहज आवतजावत, प्रदेश राजधानी जनकपुरधामसम्म छोटो यात्रा, कृषि उपजको सहज ढुवानी तथा स्वास्थ्य सेवामा पहुँच बढ्ने अपेक्षा गरेका थिए । तर पुल अझै सञ्चालनमा आउन सकेको छैन ।
Read full story at source (clickmandu.com)