मुख्यमन्त्री पाण्डेद्वारा ढोरवाराही मन्दिरको संरक्षण र प्रवर्द्धनमा जोड
ratopati.com · Tue Sep 08 15:04:29 GMT 2026

तनहुँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्लागण्डकी नगरपालिका-९ स्थित प्रसिद्ध धार्मिकस्थल ढोरवाराही मन्दिरको मंगलबार दर्शन तथा अवलोकन गरेका छन्। उनले मन्दिरको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्त्वबारे अध्ययन गर्नुका साथै यसको संरक्षण, प्रवर्द्धन, समग्र विकास र व्यवस्थित व्यवस्थापनका विषयमा छलफल गरेका छन्।
गण्डकी प्रदेशकै महत्वपूर्ण धार्मिक आस्थाको केन्द्रका रूपमा रहेको ढोरवाराही मन्दिरमा पुगेर मुख्यमन्त्री पाण्डेले मन्दिर परिसर, धार्मिक संरचना तथा आसपासको क्षेत्रको अवलोकन गरेका थिए । सोक्रममा उनले ढोरवाराही क्षेत्रलाई धार्मिक पर्यटनसँग जोड्दै थप व्यवस्थित र आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने चर्चा गरे।
Read full story at source (ratopati.com)