बीएसभीआई गाडी प्रविधिसम्बन्धी ग्राहक प्रशिक्षण तथा सचेतना कार्यक्रम देशव्यापी रूपमा सम्पन्न
hamrakura.com · Fri Aug 28 00:00:00 GMT 2026

काठमाडौँ। सिप्रदी ट्रेडिङ प्रालि र सिप्रदीयन सहायता संस्थाको संयुक्त सहकार्यमा टाटा बीएसभीआई गाडीको प्रविधिसम्बन्धी ग्राहक प्रशिक्षण तथा सचेतना कार्यक्रम देशव्यापी रूपमा सफलतापूर्वक सम्पन्न भएको छ। बीएसभीआई प्रविधियुक्त सवारी साधनको सही सञ्चालन, मर्मत सम्भार तथा आधुनिक प्रविधिबारे चालकहरूको ज्ञान र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो।
नेपालभरका ३२ विभिन्न स्थानमा सञ्चालन गरिएको यस प्रशिक्षण तथा सचेतना कार्यक्रममा करिब २,५०० जना टाटा गाडीका चालकहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममार्फत सहभागी चालकहरूलाई टाटा बीएसभीआई गाडीमा प्रयोग भएका आधुनिक प्रविधि तथा प्रणाली, सवारी साधनको उचित सञ्चालन विधि, सामान्य मर्मत सम्भार तथा सवारी सञ्चालनका क्रममा अपनाउनुपर्ने आवश्यक सावधानीहरूबारे विस्तृत जानकारी प्रदान गरिएको थियो। साथै, सवारीको कार्यसम्पादन र आयु वृद्धि गर्न चालकको भूमिका तथा गर्नुपर्ने र गर्न नहुने महत्त्वपूर्ण विषयहरूमा समेत प्रशिक्षण प्रदान गरिएको थियो।
Read full story at source (hamrakura.com)