एनभिएलमा सगरमाथाको लगातार दोस्रो हार, काठमाडौंको दोस्रो जित
annapurnapost.com · Tue Sep 08 15:35:08 GMT 2026
काठमाडौं : नेपाल भलिबल लिग (एनभिएल)मा काठमाडौं रेड्सले सगरमाथा स्म्यासर्सलाई पराजित गरेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भएको मंगलबारको दोस्रो खेलमा काठमाडौं रेड्सले सगरमाथा स्म्यासर्सलाई ३–१ सेटले हराएको हो।
काठमाडौं रेड्सले सगरमाथा स्म्यासर्सलाई २५–१२, २२–२५, २५–१८ र २५–२० ले हरायो। काठमाडौंले पहिलो खेलमा मधेश वरियर्सलाई हराएको थियो भने अन्नपूर्ण स्पाइकर किंग्ससँग हार बेहोरेको थियो। सगरमाथा स्म्यासर्सको यो लगातार दोस्रो हार हो। सगरमाथाले सोमबार कर्णाली शिवराजसँग पाँचौं सेटमा पुगेर हार बेहोरेको थियो। पहिलो खेलमा मधेश वरियर्सलाई र दोस्रो खेलमा खप्तड फाल्कन्सलाई हराएको थियो।
Read full story at source (annapurnapost.com)