पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
onlinekhabar.com · Wed Jul 08 02:10:19 GMT 2026

२४ असार, म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा बस्ती संरक्षण योजना निर्माण भएको छ । सिँचाइ तथा जलस्रोत ब्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत दग्नामको बस्तीलाई जोखिम बनाएको पहिरो र नदी कटान नियन्त्रण गरिएको हो ।
सङ्घीय सरकारले विनियोजन गरेको रु तीन करोड बजेटबाट दग्नाम गाउँको फेदी, कान्छीगाउँको फेदी पानाकोट र कुम्माखोलाको किनारमा तटबन्ध निर्माण भएको रघुगङ्गा गाउँपालिका–४ का वडाध्यक्ष पविन गर्बुजाले बताए । ‘भिरालो पाखामा रहेको दग्नाम गाउँ पहिरो र कम्माखोलाको कटान जोखिममा परेको थियो’, उनले भने, ‘ग्यावियन पर्खाल र तटबन्ध गरेपछि पहिरो, बाढी र कटानको जोखिममा घटेको छ ।’
Read full story at source (onlinekhabar.com)