एमाले फेरि जनताबीच स्थापित हुनेछः ः महासचिब पोखरेल
barnanmedia.com · Tue Sep 08 15:39:43 GMT 2026

नेकपा (एमाले) का महासचिब शङ्कर पोखरेलले आफ्नो पार्टी फेरि जनताका बीच सुदृढ भएर उभिने बताएका छन् । मङ्गलबार धनुषाको लालगढमा एमाले पार्टी मधेश कमिटीले आयोजना गरेको ‘मिशन पार्टी जागरण अभियान’ को अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले यस्तो बताए । छ वटा ‘ज’ को अभियानले पार्टी सुदृढीकरण हुने बताउँदै यसमा दृढतापूर्वक उभिन सम्पूर्ण पार्टी पङ्तिलाई निर्देशन गरे ।
महासचिब पोखरेलले छ ‘ज’ भन्नाले जनतामा जानु , जनताका मुद्दा उठाउनु , जनतासँग जोडिनु , जनताको प्रिय बन्नु , जनसङ्गठन व्यवस्थित रुपले परिचालन गर्नु र समाजवादी लक्षमा पुग्न पार्टीको मुख्य सिद्धान्त जनताको बहुदलीय जनवादको परिणाममुखी अभ्यास गर्नु रहेको स्पष्ट पारे । यसपक्षलाई व्यवहारमा उतार्न सबै पार्टी सदस्य समर्पित हुन पर्ने पोखरेलको भनाइ छ ।
Read full story at source (barnanmedia.com)