हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ
ratopati.com · Tue Sep 08 15:56:18 GMT 2026

ललितपुर । गृहमन्त्री सुधन गुरुङले हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा आफू रहेकाले पदको घमण्ड र स्वार्थ नभएको स्पष्ट पारेका छन् । जेनजी सहिदको सम्मान र जिम्मेवारी बहन गर्दै जनताका सपना साकार पार्न आफू राजनीतिक नेतृत्वमा आएको उनको भनाइ छ ।
२०८२ भदौ २३ गते भएको जेनजी आन्दोलनका सहिद विनोद महर्जनको सालिक अनावरण कार्यक्रममा आज उनले नेपाल बन्छ भन्ने सपना र आशा पूरा गर्ने जिम्मेवारी सरकारको भएको बताए । 'हामी सहिदका मात्रै हैन सम्पूर्ण नेपालीको सपना साकार पार्ने अभियानमा छौँ,' उनले भने, 'म सरकारमा पद र सत्ता उपभोग गर्न नभई नेपाली जनताको सेवा गर्न आएको हुँ । गृहमन्त्रीको कुर्सीलाई पदभन्दा बढी जिम्मेवारीका रूपमा लिएको छु, सहिदको सपना र नेपाली जनताको अपेक्षा पूरा गर्न अन्तिम साससम्म काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।'
Read full story at source (ratopati.com)