धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण आवश्यक छः मुख्यमन्त्री आचार्य
reportersnepal.com · Fri Aug 28 11:11:56 GMT 2026

घोराही (दाङ), १२ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण आवश्यक भएको बताएका छन् ।
जनै पूर्णिमा (रक्षाबन्धन) का अवसरमा घोराही उपमहानगरपालिका–१७, चौघेरास्थित सिद्धरत्ननाथ मठमा आयोजित महाभण्डारा तथा प्रसाद ग्रहण कार्यक्रममा सहभागी हुँदै मुख्यमन्त्री आचार्यले संरक्षण र विकासमा प्रदेश सरकारको निरन्तर योगदान रहने बताए । सो अवसरमा उनले मठको अवलोकन गर्दै ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए ।
Read full story at source (reportersnepal.com)