बाढी प्रभावित क्षेत्रमा धादिङ जिल्ला अध्यक्ष शंकर धमलाको नेतृत्वमा तरुण दलको अभियान तीव्र
reportersnepal.com · Tue Sep 08 16:30:53 GMT 2026

धादिङ । बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेपाल तरुण दलले नुवाकोट र धादिङका प्रभावित क्षेत्रमा स्वयंसेवी अभियानलाई तीव्र बनाएको छ। धादिङ तरुण दलका जिल्ला अध्यक्ष शंकर धमलाको नेतृत्वमा युवा स्वयंसेवकहरू प्रभावित क्षेत्रमा पुगेर सरसफाइ, अस्थायी पूर्वाधार निर्माण तथा स्थानीयवासीलाई आवश्यक सहयोग उपलब्ध गराइरहेका छन्।
नुवाकोटको विदुर नगरपालिका–स्थित इन्द्रेणी चोकबाट त्रिशूली जोड्ने तुइन निर्माणको कामसँगै तरुण दलले प्रभावित नागरिकका लागि प्रतिक्षालय निर्माणलाई समेत तीव्रता दिएको छ। नेपाली सेनाको सहयोगमा उक्त क्षेत्रमा दुईवटा शौचालय निर्माण गर्नुका साथै बाढी प्रभावित नागरिकका लागि तीनवटा प्रतिक्षालय निर्माण गरिएको अध्यक्ष धमलाले जानकारी दिए ।
Read full story at source (reportersnepal.com)