बजेटमा नाडाको धारण : कर नीतिमा पुनरावलोकन गर्न माग
arthasansar.com

आर्थिक वर्ष २०८३/८४ को बजेटमा सवारी साधन सम्बन्धी कर नीतिमा गरिएको परिवर्तनप्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले ध्यानाकर्षण भएको जनाएको छ । नाडाले बजेटका केही सकारात्मक पक्षको स्वागत गरे पनि सवारी साधनमा थप करको भार पर्ने व्यवस्थाले बजार र उपभोक्ता दुवै प्रभावित हुने जनाएको हो ।
नाडाले एक विज्ञप्ति जारी गर्दै माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदमा प्रस्तुत गरेको बजेटमा विद्युतीय सवारी साधनमा लाग्दै आएको अन्तःशुल्क हटाएर ‘स्वच्छ पूर्वाधार लगानी शुल्क’ लगाउने व्यवस्था गरिएको उल्लेख गरेको छ। नाडाका अनुसार सरकारले अवलम्बन गरेको वर्तमान कर नीतिका कारण विद्युतीय सवारी साधन मात्र नभई इन्धनबाट चल्ने सवारी साधनको मूल्यसमेत वृद्धि हुने देखिएको छ।
Read full story at source (arthasansar.com)