महेश बस्नेतको अभिव्यक्तिपछि प्रहरीको आपत्ति
ratopati.com · Tue Sep 08 16:46:36 GMT 2026

काठमाडौं । नेकपा (एमाले) का नेता महेश बस्नेतले बाढीपहिरो पीडितका लागि आएको राहत सामग्री सुरक्षाकर्मीले प्रयोग गरेको भन्दै दिएको अभिव्यक्तिप्रति नेपाल प्रहरीले आपत्ति जनाएको छ । सामाजिक सञ्जालमार्फत सुरक्षा निकायलाई लक्षित गरी तथ्यहीन, कपोलकल्पित र भ्रामक सूचना फैलाइएको भन्दै नेपाल प्रहरीले प्रेस विज्ञप्ति जारी गरी गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
हालै भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा ठुलो जनधनको क्षति भएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरू खोज, उद्धार तथा राहत वितरणमा अहोरात्र खटिरहेका छन् । यही पृष्ठभूमिमा एमाले नेता बस्नेतले एक भिडियो अन्तर्वार्तामा सेना र प्रहरीमाथि राहत सामग्री हिनामिना गरेको आरोप लगाएका थिए ।
Read full story at source (ratopati.com)