थुनियो कास्कीको किमरुङ खोला, सतर्क हुन आग्रह
gorkhapatraonline.com · Tue Sep 08 16:50:29 GMT 2026

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा ११ मा रहेको किमरुङ खोला माथिबाट आएको पहिरोले थुनिएको छ । मङ्गलबार दिउँसो २ बजेबाट खोलाको बहाव घटेको लान्द्रुक हाइड्रोपावरका इन्चार्ज रविराज थलालले जानकारी गराएपछि घटनाबारे थाहा भएको हो ।
प्राप्त जानकारी आएपछि वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको नेतृत्वमा १० जनाको टोली त्यसतर्फ गएको छ । अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले खोला आसपासका स्थानीयलाई सतर्क हुन आग्रह गर्नुभयो ।
Read full story at source (gorkhapatraonline.com)