धन्न, विपद्मा एकठाउँ उभिए दलहरू
nepalnews.com · Fri Aug 28 11:15:29 GMT 2026

काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि उद्धार कार्य जारी छ। नेपाल प्रहरीका अनुसार १० भदौमा चीनको तिब्बत क्षेत्रबाट हिमपहिरो विस्फोटपछि आएको बाढीका कारण रसुवा र नुवाकोटमा मृत्यु हुनेको संख्या शुक्रबार अपराह्नसम्म ५४७ पुगेको छ। प्रहरीका अनुसार रसुवामा १३, नुवाकोटमा ३८, धादिङमा ४०, गोरखामा ४४, नवलपुरमा १३४, नवलपरासीमा २८, तनहुँमा २९ र सबैभन्दा बढी २२१ शव चितवनमा भेटिएको छ ।
हालसम्म १ हजार ४७३ जनाको उद्धार गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्ले बताउँछन्। उनका अनुसार रसुवामा ५७२, नुवाकोटमा ८९८ जना र धादिङमा ३ जनाको उद्धार गरिएको छ। सम्पर्कविहीन भएका नेपालीको संख्या यकिन छैन। विभिन्न ३३ देशका ६४४ जना विदेशी नागरिक सम्पर्कविहीन रहेको काफ्लेले बताए। बेपत्ताको खोजीमा नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी सक्रिय छन्। नेपाली सेनाका ६ र निजी क्षेत्रका ९ वटा हेलिकप्टरले हवाई उद्धार गरिरहेका छन्।
Read full story at source (nepalnews.com)