इरानविरुद्ध कारबाही जारी रहेको ट्रम्पको भनाइ
hamrakura.com · Fri Aug 28 00:00:00 GMT 2026

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको अमेरिकी सैन्य कारबाही समाप्त नभएको स्पष्ट पारेका छन्। हर्मुज जलमार्ग सञ्चालनमा आए पनि त्यसलाई सैन्य अभियान अन्त्य भएको सङ्केतका रूपमा नलिन उनले चेतावनी दिए।
पत्रकारहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले हालैको द्वन्द्वपछि इरान गम्भीर सैन्य तथा आर्थिक दबाबमा परेको दाबी गरे। उनले इरानसँग अहिले सैन्य क्षमता सीमित रहेको र मुलुक गहिरो आर्थिक समस्याबाट गुज्रिरहेको बताउँदै “होर्मुज खुला छ भन्दैमा हामीले सैन्य कारबाही समाप्त गर्यौँ भन्ने होइन” भने।
Read full story at source (hamrakura.com)