कैलाश तीर्थयात्रामा गएका भक्तजनसमेत बाढीमा बेपत्ता
hamrakura.com · Fri Aug 28 00:00:00 GMT 2026

काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण बाढीपछि बेपत्ता भएकाहरूसँगै कैलाश पर्वतको तीर्थयात्रामा गएका भक्तजनसमेत रहेको बताइएको छ। नेपाल र तिब्बततर्फ बाढी तथा पहिरोबाट सयौँ व्यक्ति बेपत्ता भएपछि प्रसिद्ध कैलाश क्षेत्रको तीर्थयात्रा गम्भीर रूपमा प्रभावित भएको छ।
दक्षिणपश्चिमी तिब्बतमा चीन–नेपाल र भारतको सीमाना नजिकै अवस्थित कैलाश पर्वत समुद्र सतहबाट छ हजार चार सय मिटरभन्दा बढी उचाइमा रहेको छ। मानसरोवर ताल नजिकै रहेको यो पर्वत हिन्दू, बौद्ध, जैन तथा तिब्बती बोन परम्पराका अनुयायीका लागि अति पवित्र स्थल मानिन्छ। हिन्दू धर्ममा कैलाशलाई भगवान् शिव र देवी पार्वतीको निवास तथा बोन परम्परामा आध्यात्मिक शक्तिको केन्द्रका रूपमा विश्वास गरिन्छ।
Read full story at source (hamrakura.com)