सभामुख डीपी अर्यालद्वारा नुवाकोटका प्रभावित क्षेत्रको स्थलगत निरीक्षण
ratopati.com · Tue Sep 08 17:03:50 GMT 2026

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले रसुवा बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा उनले बाढी प्रभावित नागरिकको अवस्था, उद्धार तथा राहत व्यवस्थापनबारे विस्तृत जानकारी लिएका हुन् ।
सभामुख अर्यालले विदुर नगरपालिका–५ स्थित प्रादेशिक आयुर्वेदिक अस्पताल तथा चन्द्रज्योति माध्यमिक विद्यालयमा स्थापना गरिएका होल्डिङ सेन्टर पुगेर त्यहाँ आश्रय लिइरहेका बाढीपीडित नागरिकहरूको अवस्थाबारे प्रत्यक्ष जानकारी लिए । त्यसैगरी, उनले विदुर नगरपालिका–१ स्थित इलम प्रशिक्षण केन्द्रमा पुगेर प्रभावित नागरिकहरूसँग भेटघाट तथा छलफल गरे।
Read full story at source (ratopati.com)