जेन–जी आन्दोलनमा ध्वस्त भएकाे सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र खण्डहर बन्दै (तस्वीरहरू)
shilapatra.com · Wed Jul 08 03:52:00 GMT 2026

ललितपुरको गोदावरीस्थित सरकारी सभा–सम्मेलनका लागि निर्माण गरिएको सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जेन–जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि ध्वस्त भएको थियाे । २४ भदौ २०८२ मा भएको हिंसात्मक घटनामा सम्मेलन केन्द्रको मुख्य सभाहलमा आगलागी हुँदा छत नै खसेको छ भने सिसा, भित्री संरचना तथा अन्य भौतिक पूर्वाधारमा समेत ठूलो क्षति पुगेको छ ।
सरकारी संरचना भए पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको तथा २० देखि २२ भदाैसम्म नेकपा (एमाले) को विधान महाधिवेशन यही हलमा आयोजना गरिएको विषयलाई बहाना बनाएर प्रदर्शनकारीहरूले सम्मेलन केन्द्रलाई निसाना बनाएको बताइएको थियाे ।
Read full story at source (shilapatra.com)