प्रश्नको घेरामा जेनजी सहिद स्मृति दिवस : 'समावेशिताको धज्जी' देखि 'सहिदको अपमान' सम्म
baahrakhari.com · Tue Sep 08 17:32:58 GMT 2026

काठमाडौं । मंगलबार जेनजी आन्दोलनको एक वर्ष पुगेको अवसरमा सहिदहरूप्रति श्रद्धाञ्जली कार्यक्रम राखियो । जेनजी सहिद परिवार कल्याणकारी समाजको आयोजनामा बानेश्वरमा आयोजित उक्त कार्यक्रम प्रश्नको घेरामा पर्यो ।
आफूलाई धर्मगुरु भन्ने विवादित पात्रद्वय विजय कृष्णमूर्ति र श्रीनिवास आचार्यसँगै सरकारका तीनमन्त्रीको उपस्थितिपछि त्यसबारे प्रश्न उठेको हो । उक्त कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ, कानुनमन्त्री सोबिता गौतम र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको उपस्थिति थियो । विवादित पात्रसँगै मन्त्रीको उपस्थितिबारे सत्तारूढ रास्वपाकै सांसदहरुले प्रश्न उठाएका हुन् ।
Read full story at source (baahrakhari.com)