जहाँ जनघनत्व बढी, त्यहीँ देखिँदै वर्डफ्लु संक्रमण, अधिकांश जिल्लामा नियन्त्रण भए पनि उपत्यका र काभ्रेमा जोखिम
kalakarmi.com · Wed Jul 08 04:14:26 GMT 2026

काठमाडौं- देशका अधिकांश जिल्लामा वर्डफ्लु संक्रमण नियन्त्रणमा आए पनि काठमाडौं उपत्यका, भक्तपुर र काभ्रेपलाञ्चोकमा भने जोखिम अझै कायम रहेको छ । पशु सेवा विभागका अनुसार हालसम्म ११ जिल्लामा देखिएको संक्रमणमध्ये आठ जिल्लामा पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ भने तीन जिल्लामा नियन्त्रणका लागि निगरानी र व्यवस्थापनको काम जारी छ ।
जनघनत्व बढी भएका क्षेत्र तथा कुखुरा पालन व्यवसायको विस्तार भएका स्थानमा संक्रमण देखिन थालेपछि सतर्कता बढाइएको छ । विशेषगरी काठमाडौं उपत्यका आसपासका क्षेत्रमा कुखुरा फार्मको संख्या धेरै हुनु र बजारको चाप उच्च रहनुले संक्रमण नियन्त्रणमा चुनौती थपिएको विज्ञहरूको भनाइ छ । वर्डफ्लु कुखुरा तथा अन्य पन्छीमा लाग्ने संक्रामक रोग हो । संक्रमित पन्छीबाट अन्य पन्छीमा सजिलै फैलिन सक्ने भएकाले समयमै पहिचान, संक्रमित पन्छीको व्यवस्थापन र जैविक सुरक्षा उपाय अपनाउनु नियन्त्रणको मुख्य आधार मानिन्छ ।
Read full story at source (kalakarmi.com)