सीमापार तुवाँलो नियन्त्रण संयन्त्र समीक्षा गर्न आसियानलाई मलेसियाको आग्रह
ratopati.com · Tue Sep 08 17:56:04 GMT 2026

काठमाडौँ । दक्षिणपूर्वी एसियाली क्षेत्रमा हावाको गुणस्तर निरन्तर बिग्रँदै गएपछि सीमापार तुवाँलोको समस्या समाधान गर्न आसियानले आफ्नो विद्यमान संयन्त्रको समीक्षा र सुदृढीकरण गर्नुपर्ने मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले मङ्गलबार बताएका छन् ।
पत्रकार सम्मेलनमा अनवरले तुवाँलोको समस्या गम्भीर रूपमा लिन आसियानलाई आग्रह गर्दै यसले जनस्वास्थ्य र मानिसको जीवनमा प्रत्यक्ष असर पार्ने बताए । सीमापार तुवाँलोका स्रोतविरुद्ध प्रभावकारी कदम चाल्न विद्यमान संयन्त्रलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो ।
Read full story at source (ratopati.com)