कास्कीमा ‘मनसुन प्रतिकार्य योजना’ कार्यान्वयनमा
ratopati.com · Wed Jul 08 05:11:14 GMT 2026

कास्की । जिल्ला प्रशासन कार्यालय कास्कीले मनसुनजन्य विपदबाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न ‘मनसुन प्रतिकार्य योजना– २०८३’ कार्यान्वयनमा ल्याउने भएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको मङ्गलबारको बैठकमा प्रतिकार्य योजना प्रस्तुत गरिएको हो । यो प्रतिकार्य आयोजना जिल्ला समन्वय समिति कास्की र रेडक्रस सोसाइटी जिल्लासँग छलफल गरी थप अध्ययनपछि तीन दिनभित्रमा स्वीकृत गरी कार्यान्वयनमा लैजाने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।
Read full story at source (ratopati.com)