२५ जनाको ज्यान लिने ‘ध्रुवे हात्ती’ को फेरि दाह्रा काट्ने तयारी
nepalpress.com · Wed Jul 08 05:35:06 GMT 2026

चितवन । २५ जनाको ज्यान लिएको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई दाह्रा काटेर छोटो बनाइने भएको छ । दुई वर्षअघि पनि यो हात्तीको दाह्रा काटिएको थियो । उक्त हात्तीलाई बेहोस बनाई दाह्रा काटिने र रेडियो कलर नयाँ लगाउने तयारी गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिए ।
ध्रुवेले गत शनिबार राति एकै परिवारका २ जनाको ज्यान लिएको थियो । उक्त घटनासहित २५ जनाको सोही हात्तीका कारण मृत्यु भएको अधिकृत पुर्जा पुनले बताए । त्यस घटनापछि अहिले हात्तीको निरन्तर अनुगमन भइरहेको छ ।
Read full story at source (nepalpress.com)