कांग्रेस इतर पक्षको बैठक आज पनि बस्दै
baahrakhari.com · Wed Jul 08 05:43:39 GMT 2026

काठमाडौं । नेपाली कांग्रेस इतर पक्षको बैठक आज (बुधबार) पनि बस्दै छ । काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा दिउँसो २ बजे बैठक बस्ने नेता मीन विश्वकर्माले जानकारी दिए ।
सोमबार सुरु बैठक निरन्तर तेस्रो दिन बस्न लागेको हो । मंगलबार बसेको बैठकमा धारणा राख्ने सबैले संस्थापनले बेवास्ता गरिरहेका बेला शीर्ष नेतृत्वले वैकल्पिक मार्ग प्रशस्त गर्नुपर्नेमा जोड दिएका थिए ।
Read full story at source (baahrakhari.com)