२५ जनाको ज्यान लिने ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी
baahrakhari.com · Wed Jul 08 05:44:58 GMT 2026

चितवन । २५ जनाको ज्यान लिएको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई दाह्रा काटेर छोटो बनाइने भएको छ । दुई वर्षअघि पनि उक्त हात्तीको दाह्रा काटिएको थियो । हात्तीलाई बेहोस बनाई दाह्रा काटिने र रेडियो कलर नयाँ लगाउने तयारी गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिए ।
उक्त हात्तीले गत शनिबार राति एकै परिवारका दुईजनाको ज्यान लिएको थियो । उक्त घटनासहित २५ जनाको सोही हात्तीका कारण मृत्यु भएको अधिकृत पुर्जा पुनले बताए । उनका अनुसार त्यस घटनापछि हात्तीको निरन्तर अनुगमन भइरहेको छ ।
Read full story at source (baahrakhari.com)