२५ जनाको ज्यान लिएको ध्रुवे हात्तीको दाह्रा काटिँदै, नयाँ रेडियो कलर लगाउने तयारी
aarthiknews.com

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा मानिसमाथि आक्रमण गर्दै आएको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिएर दाह्रा काटेर छोटो बनाइने भएको छ। निकुञ्जले हात्तीलाई बेहोस बनाएर दाह्रा काट्नुका साथै नयाँ रेडियो कलर जडान गर्ने तयारी गरेको हो।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुन का अनुसार ध्रुवेलाई नियन्त्रणमा लिन निरन्तर अनुगमन भइरहेको छ। हात्ती भेटिनासाथ ‘डार्ट’ गरी बेहोस बनाएर दाह्रा काट्ने र नयाँ रेडियो कलर लगाउने तयारी गरिएको छ।
Read full story at source (aarthiknews.com)