क्यान्सरको औषधी अभाव
gorkhapatraonline.com · Sun May 24 00:40:24 GMT 2026

नेपालमा क्यान्सरको औषधीको चरम अभाव देखिएको छ । विश्व बजारमा क्यान्सरको औषधी तथा कच्चा पदार्थको मूल्य बढेकाले नेपालमा औषधीको चरम अभाव भएको हो ।
भक्तपुर क्यान्सर अस्पतालमा कुमारी कौशिला ढकालको शनिबार बिहान केमोथेरापी गर्नुपर्ने थियोे । केमोथेरापीमा प्रयोग हुने औषधी नपाएका कारण उहाँको केमोथेरापी भएन । उहाँका छोरा माधव धितालले औषधी खोजिहिँड्दा आइतबार मात्र प्राप्त हुने खबर आयो । उहाँले औषधी आयातकर्ता सङ्घका अध्यक्ष पवन आचार्यलाई सम्पर्क गर्दा बल्ल औषधी आइतबार पाउने निश्चित भयो । यो समस्या ढकालको मात्र होइन, विभिन्न क्यान्सर अस्पतालमा औषधीको चरम अभाव भएकै कारण उपचार सेवा ठप्प भएका छन् ।
Read full story at source (gorkhapatraonline.com)