ट्रम्पको निवास ह्वाइट हाउस बाहिर गोली चल्दा बन्दुकधारीको मृत्यु
annapurnapost.com · Sun May 24 00:47:07 GMT 2026

वासिङ्टन डीसी : अमेरिकी राष्ट्रपतिको निवास ह्वाइट हाउस बाहिर शनिबार साँझ भीषण गोली हानाहान भएको छ। सुरक्षा चेकपोइन्टमा आक्रमण गर्न खोज्ने एक बन्दुकधारी सुरक्षाकर्मीको जवाफी कारबाहीमा मारिएका छन् भने एक सर्वसाधारण गम्भीर घाइते भएका छन्।
अमेरिकी गुप्तचर निकाय 'सीक्रेट सर्भिस'का अनुसार शनिबार बेलुकी ६ बजेभन्दा केही समयअघि एक व्यक्ति ह्वाइट हाउस परिसर बाहिरको सुरक्षा चेकपोइन्टमा पुगेर अचानक सुरक्षाकर्मीहरूमाथि अन्धाधुन्ध गोली चलाउन थालेका थिए। प्रारम्भिक अनुसन्धानलाई उद्धृत गर्दै सीक्रेट सर्भिसका प्रवक्ताले जनाएअनुसार, स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीहरूले तुरुन्तै जवाफी फायरिङ गरेका थिए। सुरक्षाकर्मीको गोली लागेर ढलेका संदिग्ध बन्दुकधारीलाई तत्कालै स्थानीय अस्पताल पुर्याइए पनि उपचारका क्रममा उनको मृत्यु भएको छ।
Read full story at source (annapurnapost.com)