अमेरिकासँग मिलेर सम्झौताको खाका तयार गर्न इरान सहमत
kendrabindu.com · Sun May 24 00:57:10 GMT 2026
काठमाडौं । इरानले शनिबार अमेरिकासँग सम्झौताका लागि १४ बुँदे ढाँचालाई अन्तिम रूप दिइरहेको बताएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले सरकारी टेलिभिजनसँग कुरा गर्दै भने, “हाम्रो उद्देश्य सबैभन्दा पहिले १४ वटा बुँदाहरू मिलाएर एक प्रकारको सम्झौताको खाका (मस्यौदा) तयार पार्नु हुनेछ ।”
इरानी अधिकारीहरूले अमेरिकासँगको वार्तामा तेहरानले द्रूत सफलताको कम अपेक्षा गरेको बताएका छन् । इरानको विदेश मन्त्रालयका प्रवक्ताले तेहरान र वासिङ्टनबीचको मध्यस्थतामा हुने वार्ताका लागि गहिरो मतभेद रहेको बताए ।
Read full story at source (kendrabindu.com)