वृहत्तर जनकपुर क्षेत्रका अतिक्रमित संरचना हटाउन समिति गठन, ४ वटा कार्यादेश
nepalpress.com · Wed Jul 08 06:36:39 GMT 2026

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले रामजानकी मन्दिरलगायत बृहत्तर जनकपुर क्षेत्रभित्र अतिक्रमण गरिएका गुठी जग्गा, पोखरी र पोखरीका डिलहरु खाली गराउन ९ सदस्यीय कार्यान्वयन समिति गठन गरेको छ ।
गुठी संस्थान प्रधान कार्यालयका गुठी प्रशासक ध्रुव घिमिरेको संयोजकत्वमा गठित उक्त समितिमा जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय अधिकारी, भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक, भूमि प्रशासन कार्यालय तथा नापी कार्यालय धनुषाका प्रमुखलगायतका प्रतिनिधि सदस्य छन् ।
Read full story at source (nepalpress.com)