ह्वाइट हाउसनजिकै गोली चल्यो
himalpress.com · Sun May 24 01:29:12 GMT 2026

अमेरिकाको वासिङ्टन डीसीस्थित ह्वाइट हाउसनजिकै गोली चलेको छ । घटनापछि ह्वाइट हाउसमा उपस्थित पत्रकारहरूलाई सुरक्षित स्थानमा सारिएको छ । अमेरिका संघीय जाँच ब्यूरो (एफबीआई) का निर्देशक काश पटेलले घटनाको पुष्टि गरे ।
घटनाको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउस परिसरभित्रै थिए । हालसम्म दुईजना घाइते भएको बीबीसीले जनाएको छ ।
Read full story at source (himalpress.com)