पोखराको फिर्केखोलाका संरचना हटाउन ३ ठाउँबाट डोजर चलाइँदै
kendrabindu.com · Sun May 24 01:40:29 GMT 2026

पोखरा । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघर (सीमा) भित्र बनेका १६० वटा संरचना हटाउन आज (आइतबार) देखि डोजर चलाउने भएको छ । महानगर स्रोतका अनुसार एकसाथ तीन ठाउँबाट डोजर चलाउने भएको हो ।
वर्षौंदेखि विवाद र राजनीतिक मुद्दा बनेको फिर्केको संरचना हटाउने विषयलाई महानगरले यसपटक खोलाभित्र बनेका संरचना हटाएर करिडोर बनाउने अभियान थाल्ने भएको हो । पोखरा महानगरका मेयर धनराज आचार्य र सम्बन्धित वडाध्यक्षका नेतृत्वमा बिहान १० बजेदेखि फिर्के खोलाका ३ ठाउँबाट एकसाथ डोजर लगाइने महानगरले जनाएको छ ।
Read full story at source (kendrabindu.com)