ह्वाइट हाउसनजिकै गोली चल्यो, दुईजना घाइते
kendrabindu.com · Sun May 24 01:47:04 GMT 2026

काठमाडौं । अमेरिकाको वासिङ्टन डीसीस्थित ह्वाइट हाउसनजिकै गोली चलेको छ । घटनापछि ह्वाइट हाउसमा उपस्थित पत्रकारहरूलाई सुरक्षित स्थानमा सारिएको छ । अमेरिका संघीय जाँच ब्यूरो (एफबीआई) का निर्देशक काश पटेलले घटनाको पुष्टि गरे ।
घटनाको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउस परिसरभित्रै थिए । हालसम्म दुईजना घाइते भएको बीबीसीले जनाएको छ । स्रोतहरूका अनुसार, एक व्यक्तिले सिक्रेट सर्भिसका एजेन्टहरूमाथि गोली प्रहार गरेको र जवाफमा एजेन्टहरूले पनि प्रहार गरेको देखिएको छ । घटनाका क्रममा १५ देखि ३० राउन्ड गोली चलेको स्रोतहरूले बताएका छन् ।
Read full story at source (kendrabindu.com)